भाद्र २९, २०८३ सोमबार September 14, 2026

भोटेकोशी बाढीमा १,३९० जनाको शव फेला, ३ हजार १३२ डीएनए नमुना संकलन

भोटेकोशीमा १,२३० शव व्यवस्थापन ४ हजारभन्दा बढी अझै बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजेसम्म एक हजार ३९० जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले जारी गरेको जानकारीअनुसार रसुवामा १८६ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो।

फेला परेका शवको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेर हालसम्म एक हजार २३० वटा शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ८४६ गरी कुल तीन हजार १३२ वटा डिएनए नमुना संकलन गरिएको छ। साथै, पहिचान नभएका एक हजार ३५४ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म सात हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका चार हजार ८९ जनाको खोजी भइरहेको छ। यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा दुई हजार ७८१ जनालाई राखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया