भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

बहुविवाह गर्ने निजामति कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बहुविवाह गर्ने निजामति कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने गरी सरकारले कानुन बनाउने प्रस्ताव गरेको छ ।

सरकारले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था थप गर्ने गरी प्रतिवेदन तयार पारेको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकको मस्यौदा प्रतिवेदन विचाराधीन छ । मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न समितिले सोमबार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीलाई आमन्त्रण गरेको छ ।

फौजदारी संहितामा अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे स्वतः बदर हुने ब्यवस्था छ । बहुविवाहलाई निरुत्साहित गर्ने भन्दै सरकारले निजामति सेवासम्बन्धी विधेयकमा फौजदारीसंहितामा जस्तै ब्यवस्था राख्न खोजेको छ । अर्थात, फौजदारी संहिताअनुसार अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे त्यस्तो विवाह स्वतः बदर हुने छ भने, संघीय निजामति सेवामा राख्न प्रस्तावित व्यवस्थाअनुसार त्यस्ता व्यक्ति निजामति कर्मचारी रहेछन् भने जागिर बर्खास्तीमा पर्नेछन् ।

प्रचलित कानुनमा बहुविवाह गर्नु हुँदैन भन्ने उल्लेख भए पनि बहुविवाह गरे के कारवाही गर्ने रु भन्ने प्रष्ट व्यवस्था थिएन ।

यससम्बन्धी संशोधन प्रस्तावमा भ्रष्टाचार गरेमा, विदेशको स्थायी अनुमतिपत्र लिएमा वा लिनको लागि आवेदन दिएमा, बहुविवाह गरेमा, जासुसीसम्बन्धी कसुर गरेमा, नागरिकता, उमेर र योग्यता ढाँटेर जागिर खाएमा, शरीर बन्धक, बहुविवाह, जवरजस्ती करणी तथा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा त्यस्ता कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार