श्रावण १२, २०८३ मंगलबार July 28, 2026

गृह मन्त्रालयद्वारा ६ जिल्लाका सीडीओ हेरफेर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर र अन्य दुई जनालाई काज र सरुवा गरेको छ।

मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई चितवन सरुवा गरेको छ । त्यस्तै भक्तपुरका सीडीओ नारायण प्रसाद भट्टलाई मकवानपुर सरुवा गरेको छ । त्यस्तै, चितवनका सीडीओ जितेन्द्र बस्नेतलाई पर्सा पठाइएको छ भने गृहकी सहसचिव हुमकला पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा भक्तपुर काजमा पठाइएको छ।

यस्तै, लमजुङका प्रजिअ डा. डिजन भट्टराईलाई अध्यागमन विभागको निर्देशकमा सरुवा गरिएको छ भने अध्यागमनका वरिष्ठ अध्यागमन अधिकृत लक्ष्मण बहादुर खड्कालाई लमजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार