मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

मोदी सरकारद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतीय संघीय मन्त्रिपरिषदले बुधबार नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ। यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ।

प्रस्ताविक विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नु परेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै बुधबार बिहान उक्त जानकारी दिएका हुन्। भारतीय लोकसभाको चालू हिउँदे सत्रमा यो विधेयक प्रस्तुत हुनेछ।

केन्द्रीय गृहमन्त्री अमित शाहले मंगलबार यही विषयमा उत्तरपूर्वी भारतीय राज्यहरु मणिपुर, नागाल्याण्ड र आसामका मुख्यमन्त्री सहित धेरै राजनीतिक नेताहरु र अधिकारकर्मीहरुसँग छलफल गरेका थिए।

भारतीय राष्ट्रिय कंग्रेस समेतका विपक्षी दलहरुले उक्त विधेयकको विरोध गरेका छन्। धर्मका आधारमा नागरिकता प्रदान गर्न भारतीय संविधानले नै रोकेको उनीहरुको भनाई छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार