असार २१, २०८२ शनिबार July 5, 2025

४ वटा मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् ।

नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमा नाराबाजी गर्दै प्रवेश पत्र जलाएका छन् । बिहीबारबाट परीक्षा हुँदैछ ।

गत मंसिर १७ गते सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति भए थियो । उक्त सहमतिले सबै विद्यार्थीहरुको माग पूरा नहुने भन्दै उनीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडेरिया अरु विकल्प केही नदेखेर परीक्षा बहिस्कार गरेको बताउँछन् । भने, ‘आफ्नो मागको लागि परीक्षा बहिष्कार भन्दा ठुलो त्याग के हुन्छ र ? हामीले त आफ्नो भविष्य दाउमा राख्यौँ ।’

सरकारले वार्ता गरेर माग पूरा गरे मात्र फेरि परीक्षा दिने संघर्ष समितिको निर्णय छ । अझै पनि यो विषयमा सरकार गम्भीर नभए राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरेको बताउँदै भन्छन्, ‘ यो भद्र आन्दोलनलाई पनि सरकाले बेवास्ता गरे हामी सबै कलेजका विद्यार्थीहरु काठमाडौँ  आएर आन्दोलन गर्छौ ।’

केके छन् असहमति ?

मंसिर १७ गते भएको सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति छ ।

तर, उक्त सहमती मान्य नहुने चिकित्सा संघर्ष समितिले घोषणा गरेको छ। सरकारले विद्यार्थीहरुसँग छलफल नै नगरी मेडिकल कलेजहरुलाई फाइदा हुने गरी सहमति गरेको संघर्ष समितिका प्रवक्ता सुजन कडेरिया बताउँछन् ।

एमबीबीएस र बीडीएस तहको पहिलो र दोस्रो वर्षको शुल्क समायोजन गर्ने सहमति अमूर्त भएको संघर्ष समितिले बताएको छ । सहमतिमा नर्सिङ, फार्मेसी, बीपीएच, बीएमआईटीलगायत संकायमा तोकेभन्दा बढी शुल्क लिएको विषयमा नसमेटिएकाले पनि आन्दोलन नरोकिने संघर्ष समितिका प्रवक्ता कडेरिया बताउँछन् ।

सहमतिमा आर्थिक वर्ष ०७४/०७५ र ०७५/०७६ मा भर्ना भएका विद्यार्थीको शुल्क समायोजन अथवा फिर्ता गर्ने भनिएको छ भने ०७२/०७३ र ०७३/०७४ मा भर्ना भएका विद्यार्थीको हकमा छानबिन गर्ने र उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोग समक्ष अनुरोध गर्ने उल्लेख छ ।

कडेरियाले भन्छन्, ‘बाँकी ६ संकायका विद्यार्थी उपेक्षामा पारियो, सोही कारण हामीले परीक्षा बहिष्कार गरेका हौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार