श्रावण ३०, २०८३ शनिबार August 15, 2026

काँग्रेस जसपाको विरोधपछि सुदूरपश्चिम प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सदस्यको विरोधपछि कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगन भएको छ ।

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यक्रम संविधान र प्रदेशसभा नियमावलीको प्रकृया मिचेर ल्याएको भन्दै आ-आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

प्रतिपक्षीको विरोधका बीच सभामुखले बोल्न अनुमति दिएपछि काँग्रेसका गोविन्दराज बोहराले सरकारले बजेट ल्याउन प्रदेशसभा सचिवालयमा दर्ता गराएको सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, नेपालको संविधान र प्रदेशसभा नियमावलीको प्रकृया नपु-याई ल्याएको भन्दै त्यसमा आफूहरुले विरोध रहेको बताए । उनले संसद कानून बनाउने र यसको मर्यादा राख्ने थलो भएकाले संसदमा उठेका गैरकानुनी कुरा सच्याउन माग गरेका छन् ।

उनको धारणापछि पनि सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । त्यसपछि पनि विरोध जारी राखेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । आगामी आवका लागि सरकारले ल्याएको बजेटमाथिको बाँकी छलफल गरिने आजको बैठकको कार्यसूची थियो ।

बजेट माथि भइरहेको छलफलमा सत्तापक्षीय सदस्यले नै बजेट नीति कार्यक्रम र उद्देश्यअनुसार नआएको, असमान र असन्तुलित ढङ्गले बजेट विनियोजन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले आगामी आवका लागि रु ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट घोषणा गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार