असार १०, २०८२ मंगलबार June 24, 2025

सर्वोच्चको न्यायाधीश बन्न न्यायपरिषद सदस्यबाट पदम वैदिकको राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन् ।
उनलाई न्याय परिषदमा सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री प्रचण्डको पालामा २०७३ कात्तिक १९ गते न्यायपरिषद सदस्य नियुक्त गरिएको थियो ।
स्रोतका अनुसार सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि वैदिकले परिषदबाट राजीनामा दिएका हुन् ।

सर्वोच्च अदालतमा एउटा न्यायाधीश पद रिक्त छ । न्यायाधीश केदार चालिसे यही मंसिर ४ गते अवकाश भएपछि उनको ठाउँमा वैदिकलाई न्यायाधीश बनाउने गरी राजीनामा गराइएको स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बस्ने अबको परिषद बैठकले वैदिकको नाममा सिफारिस गर्ने सम्भावना छ ।

न्यायक्षेत्रका कतिपय विज्ञहरुले न्यायपरिषद सदस्य नै न्यायाधीश भएर जाने परम्पराले न्यायपरिषद प्रभावकारी हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ : उपसभामुख रानामगर
२०८२ असार १०, मंगलबार
रुसी आक्रमणमा युक्रेनमा सातजनाको मृत्यु
२०८२ असार १०, मंगलबार
सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न
२०८२ असार १०, मंगलबार
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ : मुख्यमन्त्री सिंह
२०८२ असार १०, मंगलबार
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
२०८२ असार १०, मंगलबार
“कोरोनाबाट इलामकी ३९ वर्षीया महिलाको मृत्यु, संक्रमण दर फेरि बढ्दै”
२०८२ असार १०, मंगलबार
भ्रष्टाचारीहरूको लर्कोमा बाबुरामलाई नजोड्नू : पूर्वप्रधानमन्त्री भट्टराई
२०८२ असार १०, मंगलबार