कार्तिक १६, २०८३ सोमबार November 2, 2026

शरीरका यी स्थानमा कोठी हुने व्यक्तिहरु भाग्यमानी हुन्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ज्योतिषको आधारमा आज हामी तपाईलाई शरीरका यस्तो स्थान बताउँदैछौं जहाँ कोठी हुनु निकै राम्रो र शुभ मानिन्छ ।

मानव शरीरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा कोठी हुने गर्दछन् । केही मानिसहरुलाई शरिरको यो कोठी निकै राम्रो लाग्छ भने कतिलाई यस्तो कोठी घृणा लाग्छन् । तर कोठी कुन स्थानमा हुन्छ, त्यसले भाग्यलाई पनि दर्साउँछ ।

ज्योतिषको आधारमा आज हामी तपाईंलाई यस्ता केही स्थानबारे जानकारी दिँदै छौं जहाँ कोठी हुनु भाग्यको प्रतिक मानिन्छ ।

हत्केलाको कोठी

हातको कोठी हुनु निकै शुभ र राम्रो मानिन्छ । ज्योतिष अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी मुट्ठीभित्र पर्छ भने । यस्ता मानिसको जीवनयापन निकै राम्रो तरिकाले हुनुका साथै निकै धनवान पनि हुन्छन् । विवाह पछि यस्ता मानिसलाई ससुराली र घरमा पनि निकै सम्मान मिल्ने गर्दछ ।

नाकमा कोठी

नाकमा कोठी भएका मानिसहरु निकै नखरा गर्ने किसिमका भएपनि उनीहरुको मन निकै कमलो, राम्रो र सच्चा हुन्छ । यसका साथै यस्ता मानिसहरुले आफ्नो करियरमा निकै प्रगती गर्ने गर्दछन् । प्रगती ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन् ।

चिउँडोमा कोठी

चिउँडोमा कोठी हुनु शुभ संकेत मानिन्छ । यस्ता मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ । जो मानिसहरुको चिउँडोको बिचमा कोठी हुन्छ उनीहरुको पार्टनरसँगको सम्बन्ध निकै राम्रो हुन्छ । साथै यस्ता मानिसहरु आर्थिक रुपमा पनि सबल हुन्छन् ।

पिठ्युँमा कोठी

जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ, उनीहरु निकै रोमान्टिक हुन्छन् र घुमफिरका शौखिन हुन्छन् । यस्ता व्यक्तिहरु निकै हँसीमजाक गर्ने प्रवृत्तिका हुन्छन् । पिठ्युँमा कोठी हुनेहरुलाई उनका सन्तानले निकै माया गर्ने गर्दछन् । उनीहरु सबैसँग सुखी हुन्छन् ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८३ कार्तिक १६, सोमबार
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
Minister Dr Timilsina holds extensive discussion on Integrated Postal Office issues
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
२०८३ कार्तिक १६, सोमबार