श्रावण १४, २०८३ बिहिबार July 30, 2026

डाक्टरलाई बलात्कारपछि जलाउने ४ भारतीय ‘इन्काउन्टर’मा मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतको हैदराबादमा भएको सामूहिक बलत्कारका ४ आरोपीहरूलाई भारतीय प्रहरीले गोली हानी मारेको छ । बिहीबार अबेर नेसनल हाइवे ४४ मा प्रहरी कारबाहीमा उनीहरू मारिएका हुन् ।

प्रहरीले आरोपीहरूलाई एनएच–४४ मा अपराधको दृष्य ‘रि–क्रियट’ गर्न लगेको थियो । चारैजना आरोपीहरूले भाग्ने प्रयास गर्दा गोली हानिएको प्रहरीको दाबी छ । तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली हानिएको जनाएका छन् ।

गत २७ नोभेम्बरको रातमा हैदराबादमा एक महिला डाक्टरलाई चार जनाले सामूहिक बलत्कारपछि जलाएर मारेका थिए । उनको जलेको शव बैंगलोर हैदरावाद राष्ट्रिय राजमार्गको अन्डरपासनजिक भेटिएको थियो । ती महिलाको स्कुटर पञ्चर गराएर बलात्कारीहरूले उनलाई पञ्जामा पारका थिए  ।

सो घटनामा प्रहरीले चार आरोपीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई अदालतमा पेस गर्दा अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको थियो । त्यसपछि हैदरावाद प्रहरीले हिरासतको माग गर्दा आरोपीहरूलाई सात दिन प्रहरी हिरासतमा पठाइएको थियो । हिरासतबाटै उनीहरूलाई प्रहरीले घटनास्थलमा लगेर हत्या गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार