काठमाडौंः लामो समयदेखि प्रोडक्सनको क्षेत्रमा सक्रिय अनन्त प्रसाद तिमिल्सिना निर्देशकको रुपमा दर्शकमाझ आएका छन् ।
म्युजिक भिडियो, विज्ञापन तथा चलचित्रको प्रोडक्सनमा लामो समयदेखि काम गर्दै आएका तिमिल्सिनाले आफ्नै निर्देशनको छोटो चलचित्र ‘अधूरो प्रेम’ यूटुयुबमार्फत सार्वजनिक गरेका छन् ।
चलचित्रमा उपदेश तिमिल्सिना तथा सामिया कार्कीले अभिनय गरेका छन् ।
करिव १७ मिनेट लामो उक्त चलचित्र शिशिर कार्कीले लेखेका हुन् । चलचित्रका कथाकार पनि कार्की नै हुन् । राजेन्द्र बजगाईंको पृष्ठभूमि संगीत रहेको यो चलचित्रमा रवि श्रेष्ठको भ्याइस ओभर सुन्न सकिन्छ ।
खुशी तिमिल्सिना तथा अरोज तिमिल्सिनाको निर्माणमा तयार भएको यो चलचित्रलाई रामकुमार केसीले छायांकन गरेका हुन् । टेकेन्द्र शाह यसका सम्पादक हुन् ।
भिडियोमा हेर्नुहोिसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया