वैशाख २६, २०८१ बुधबार May 8, 2024

एमाले केन्द्रीय कमिटीको बैठक सकियोः अर्को बैठक शनिवार पुनः बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटीको तेह्रौं बैठक ६ बुँदे प्रस्ताव पारित गर्दै भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक भोलि शनिवार दिउँसो ३ बजे बालुवाटारमा पुन: बस्नेछ ।

एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटीको १३ औं बैठक डाकेको थियो ।

यथास्थितिमा केन्द्रीय कमिटी बैठक डाकिएको भन्दै माधव नेपाल पक्ष भने सहभागी भएन । बैठकमा उपाध्यक्ष वामदेव गौतम, हरि पराजुली, गणेश पहाडी लगायतका केन्द्रीय सदस्यहरु समेत उपस्थित भएका छन् ।

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ । विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

बैठकले विभिन्न छ वटा निर्णयहरु पारित गरेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया