जेठ २, २०८१ बुधबार May 15, 2024

कोरोना भाइरसको तौल १० किलोसम्म हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वस्तुको वजनको बारेमा त सुनेकै छौ तर हालै विश्वकै लागि संकट कोरोना भाइरसको तौल वैज्ञानिकहरुले पत्ता लगाएका छन् । इजरायलको वीजमैन इस्टिट्युट अफ साइन्सका वैज्ञानिकहरुले कोरोना भाइरसको वजन पत्ता लगाएको दाबी गरेका हुन् ।

कोरोना भाइरसले महामारीको क्रममा कुनै पनि स्थानमा १० लाख देखि १ करोड मानिसलाई संक्रमित गराएको आधारमा वैज्ञानिकहरुले पुरै विश्वमा फैलिएको कोरोना भाइरसको तौलको गणना गरेको जनाएका छन् ।

वैज्ञानिकहरुको अनुसार विश्वमा पछिल्लो समयमा भएको कोरोना भाइरसको तौल ०.१ देखि १० किलोग्राम सम्म हुन्छ । वैज्ञानिकहरुले यो अनुमान संक्रमितको संख्याको आधारमा पत्ता लगाएको उनीहरुहको दाबी छ ।

अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको तौल कम भएपनि खतरा भने बराबर हुने बताएका छन् । हाल विश्वमा हाल १७.३ प्रतिशत भन्दा बढी कोरोना संक्रमित छन् र ३७ लाख भन्दा धेरैले ज्यान गुमाईसकेका छन् । यो अनुसन्धान प्रोसोडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित भइसकको छ ।

अनुसन्धानमा सम्लग्न प्रोफेसर मिलोको अनुसार कोभिड–१९ भाइरस संक्रमित बाँदरबाट कोरोनाको वजन पत्ता लगाउन सुरु गरेका हुन् । उनको अनुसार बाँदरको फोक्सो, टन्सिल र पाचन प्रणालीमा भाइरसको मात्रा नापेका थिए । यसपछि उनीहरुले भाइरसको कण निकालेर प्रतिग्रामको हिसाबले गणना गरे । सोही कणलाई फेरी मानिससँग तुलना गरेर पत्ता लगाएकोे दाबी गरेका छन् ।

उनीहरुको अनुसार कम तौलको अर्थ कोरोनाको असर कम भएको समय र १० किलो तौल हुँदा भाइरसको असर धेरै भएको समय हो । एकजना कोरोना संक्रमित हुँदा धेरै कणहरु एक आपसमा मिलेर एक माइक्रोग्रामदेखि १० माइक्रोग्राम सम्मको कण बनेका हुन्छन् । एजेन्सीको सहयोग

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया