कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

बिनोद र ससिकाको ‘एकैसाथ यो झरीमा’ नयाँ गीत रिलज (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली तारा सिजन ३ फ्रेमबाट चर्चामा आएका गायक बिनोद राई र द भ्वाइस अफ नेपाल सिजन २ फ्रेमबाट चर्चामा आएकी गायिका ससिका राईको नयाँ गीत रिलिज भएको छ ।

‘एकैसाथ यो झरीमा’ बोलको गीत देबेश ससिका युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

यस गीतमा इन्दु तामाङको शब्द रहेको छ भने नेपाली तारा सिजन ३ का फस्ट रनरअप चर्चित गायक देबेश राईको संगीत, एरेञ्ज र मिक्सिङ मास्टर रहेको छ । यस गीतलाई आफ्नै स्टुडियोमा रेकर्ड गरिएको हो ।

‘एकैसाथ यो झरीमा’ गीतको म्युजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रविन राई रअञ्जना बराइलीको अभिनय देख्न सकिन्छ ।

गीतको भाव र म्युजिक भिडियोको स्टोरी अनुसार प्रविन र अञ्जनाले उत्कृष्ट काम गरेका छन् । प्रविन र अञ्जनाको जोडी पनि म्युजिक भिडियोमा जमेको छ ।

यस भिडियोलाई निर्देशनसंगै सिनेमाटोग्राफी र सम्पादन पनि फराज अर्पणकै रहेको छ । अभियानबाट

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार
लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
२०८३ कार्तिक १०, मंगलबार
सौराहामा पर्यटकको चहलपहल बढ्यो
२०८३ कार्तिक १०, मंगलबार
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
२०८३ कार्तिक १०, मंगलबार
हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
२०८३ कार्तिक १०, मंगलबार
झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति
२०८३ कार्तिक १०, मंगलबार