श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

बलिउड अभिनेता दिलीप कुमार रहेनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बलिउडका प्रसिद्ध अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ ।

मुम्बईस्थित हिन्दुजा अस्पताललाई उद्धृत गर्दै बीबीसी हिन्दीले दिलीप कुमारको निधन भएको पुष्टि गरेको छ । बीबीसी हिन्दीका अनुसार बुधबार बिहान साढे ७ बजे उनको निधन भएको हो ।

दिलीप कुमारको आधिकारिक टिवट्र ह्यान्डलबाट पनि उनको निधन भएको जानकारी दिइएको छ । कुमारका पारिवारिक मित्र फैसल फारुकीका तर्फबाट उक्त जानकारी दिइएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया