श्रावण १४, २०८३ बिहिबार July 30, 2026

नायिका जेनी कुँवरद्धारा अपार्टमेन्टमा झुन्डिएर आत्महत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बाँनेश्वरका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । जेनीको शव उनी बस्दै आएको अपार्टमेन्टमा भेटिएको हो ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । किनकी जेनीको ‘सुसाइड नोटमा आफू डिप्रेसनमा रहेको उल्लेख गरेकोसमेत भेटिएको छ । उनी, विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसिरहेकी थिइन् ।

केही समय अगाडि उनको पशुपति परिसरमा नै विवाद भएपछि युटुबमा भाइरल भएकी थिइन् । प्रहरीले यतिबेला प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् । उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ
२०८३ श्रावण १४, बिहिबार
विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट
२०८३ श्रावण १४, बिहिबार
मानव बेचबिखनविरुद्ध विश्व दिवस आज
२०८३ श्रावण १४, बिहिबार
अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड
२०८३ श्रावण १४, बिहिबार
मधेशलाई समृद्ध बनाउने समय आयो, द्वन्द्वमा नफस्न अमरेश सिंहको अपिल
२०८३ श्रावण १४, बिहिबार
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
२०८३ श्रावण १४, बिहिबार
भुटनदेवी माध्यामिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति प्रदान
२०८३ श्रावण १४, बिहिबार