कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

नायिका जेनी कुँवरद्धारा अपार्टमेन्टमा झुन्डिएर आत्महत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बाँनेश्वरका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । जेनीको शव उनी बस्दै आएको अपार्टमेन्टमा भेटिएको हो ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । किनकी जेनीको ‘सुसाइड नोटमा आफू डिप्रेसनमा रहेको उल्लेख गरेकोसमेत भेटिएको छ । उनी, विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसिरहेकी थिइन् ।

केही समय अगाडि उनको पशुपति परिसरमा नै विवाद भएपछि युटुबमा भाइरल भएकी थिइन् । प्रहरीले यतिबेला प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् । उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार
लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
२०८३ कार्तिक १०, मंगलबार
सौराहामा पर्यटकको चहलपहल बढ्यो
२०८३ कार्तिक १०, मंगलबार
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
२०८३ कार्तिक १०, मंगलबार
हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
२०८३ कार्तिक १०, मंगलबार
झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति
२०८३ कार्तिक १०, मंगलबार