भाद्र २, २०८३ मंगलबार August 18, 2026

गाउँपालिका प्रमुख चढ्ने गाडीमा आगजनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौला चढ्ने सरकारी गाडीमा आगजनी भएको छ।

रावावेँसी-५ दुवेकोलस्थित निवासमा पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा गए राति अज्ञान समूहले आगो लगाएको हो। आगलागीबाट गाडी पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ।

‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,’ अध्यक्ष निरौलाले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो।’

करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो।

प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिएका छन।

प्रतिवन्धित विप्लव समूहका कार्यकर्ताले गाडीमा आजगनी गरेको आशंका सुरक्षा अधिकारीहरुले गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार