मंग्सिर १, २०८२ सोमबार November 17, 2025

विकास निर्माणको कुनै काम गर्न सकेन, सरकार पुरै असफल भइसक्यो :शशांक कोइराला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नेकपा नेतृत्वको सरकारसँग विकास र समृद्धिको योजना नरहेको दावी गरेका छन् ।

उनले सरकार जनताप्रति उत्तरदायी भन्दा पनि जनतालाई ठूला–ठूला सपना बाँड्ने र झुटा आश्वासन दिनेमा केन्द्रित रहेको आरोप लगाएका छन ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, ‘सरकार गठन भएको दुईवर्ष बित्यो, सरकार अहिले पनि विकास र समृद्धिको योजनाविहीन छ, सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर विकास निर्माणको कुनै काम गर्न सकेन । सरकार पुरै असफल भइसक्यो ।’

उनले सरकारले पानीजहाज चलाउने, रेल भित्र्याउनेलगायतका ठूला विकासे योजनाको नारा जनतालाई बाँड्ने काम मात्र गरेको टिप्पणी गरेका छन ।

अर्को प्रसंगमा महामन्त्री कोइरालाले हिन्दुराष्ट्र आफनो एजेन्डा नभएको बताउदै उनले धर्म स्वतन्त्र हुनुपर्ने र त्यसको लागि जनमत संग्रह गराउनुपर्ने पक्षमा आफू सधैं रहेको बताएका छन ।

महामंत्री कोइरालाले कांग्रेसका महाधिवेशनको मिति तोकिएको समयमा हुनुपर्नेमा पनि जोड दिएका छन ।

कांग्रेसको विधान अनुसार महाधिवेशनको मिति एक वर्षसम्म थप्न मिल्ने भए पनि ६ महिना वा एक वर्षमात्र महाधिवेशनको म्याद थप्दा उचित हुने उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
२०८२ मंग्सिर १, सोमबार
राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने
२०८२ मंग्सिर १, सोमबार