श्रावण १४, २०८३ बिहिबार July 30, 2026

एमालेका कलाकारहरु भटाभट् काँग्रेस प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमाले परित्याग गरि चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हास्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ सँगै महादेव त्रिपाठी ‘जादुगर’ ले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी प्रवेश गरेर सदस्यता ग्रहण गरेका हुन् ।

शनिबार एमाले परित्याग गरि कांग्रेसमा पार्टी प्रवेश गर्ने कलाकारहरुले एक कार्यक्रमका बिच पार्टी प्रवेश गरेका हुन् । एमाले परित्याग गरि ७० जना कलाकर्मीले नेपाली कांग्रेस प्रवेश गरेको बताइएको छ ।

एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरुमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रेमबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार बान्तावा रहेका छन् ।

यसैगरी आङ्गारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरुबहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारालगायत थुप्रै कलाकरहरुले एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसमा प्रवेश गरेका मुलासाग र जादुगर भने यसअघि कुनै पार्टीमा संलग्न रहेका थिएनन् । उनीहरुको पार्टी प्रवेश यो पहिलो हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ
२०८३ श्रावण १४, बिहिबार
विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट
२०८३ श्रावण १४, बिहिबार
मानव बेचबिखनविरुद्ध विश्व दिवस आज
२०८३ श्रावण १४, बिहिबार
अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड
२०८३ श्रावण १४, बिहिबार
मधेशलाई समृद्ध बनाउने समय आयो, द्वन्द्वमा नफस्न अमरेश सिंहको अपिल
२०८३ श्रावण १४, बिहिबार
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
२०८३ श्रावण १४, बिहिबार
भुटनदेवी माध्यामिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति प्रदान
२०८३ श्रावण १४, बिहिबार