कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

एमालेका कलाकारहरु भटाभट् काँग्रेस प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सत्तारुढ नेकपा एमाले परित्याग गरि चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हास्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ सँगै महादेव त्रिपाठी ‘जादुगर’ ले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी प्रवेश गरेर सदस्यता ग्रहण गरेका हुन् ।

शनिबार एमाले परित्याग गरि कांग्रेसमा पार्टी प्रवेश गर्ने कलाकारहरुले एक कार्यक्रमका बिच पार्टी प्रवेश गरेका हुन् । एमाले परित्याग गरि ७० जना कलाकर्मीले नेपाली कांग्रेस प्रवेश गरेको बताइएको छ ।

एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरुमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रेमबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार बान्तावा रहेका छन् ।

यसैगरी आङ्गारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरुबहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारालगायत थुप्रै कलाकरहरुले एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसमा प्रवेश गरेका मुलासाग र जादुगर भने यसअघि कुनै पार्टीमा संलग्न रहेका थिएनन् । उनीहरुको पार्टी प्रवेश यो पहिलो हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार
लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
२०८३ कार्तिक १०, मंगलबार
सौराहामा पर्यटकको चहलपहल बढ्यो
२०८३ कार्तिक १०, मंगलबार
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
२०८३ कार्तिक १०, मंगलबार
हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
२०८३ कार्तिक १०, मंगलबार
झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति
२०८३ कार्तिक १०, मंगलबार