मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

एआइजी पदमा बढुवा थापालाई दज्र्यानी चिन्ह प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा हुनुभएका सहकुल थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदबाट एआइजी पदमा बढुवा गर्ने निर्णयअनुसार आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले थापालाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

कार्यक्रममा महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिपछिको नयाँ जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिनुभयो । सङ्गठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने महानिरीक्षक थापाको भनाइ थियो ।

कार्यक्रममा पदोन्नति हुनुभएका थापाले नेपाल सरकार एवं प्रहरी सङ्गठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ सङ्गठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू बोलाइभन्दा गराइमा विश्वास गर्ने भएकाले आफ्नो वुद्धि, विवेक र इमान्दारपूर्वक सङ्गठनको श्रीवृद्धिमा लाग्ने उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया