बैसाख १९, २०८३ शनिबार May 2, 2026

अल्जेरियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । स्वाब परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् ।

सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थाल्नु भएको छ ।

उहाँले कोरोनाभाइरस सम्वन्धी मापदण्डहरुको पालना पनि गर्नु भएको उहाँको सचिवालयले जानकारी दिएको छ । घर भित्र छुट्टै बसेपनि उहाँले कतिपय काम भने गर्नुभएको सचिवालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उहाँलाई सङ्क्रमण पुष्टि भएपनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ । उहाँलाई देशका बरिष्ठ चिकित्सकहरुको निगरानी पनि रहेको छ ।

बेनाब्डेराहमन यही जुन ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । अल्जेरियामा पछिल्ला केहीदिन देखि कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बृद्धि भएको छ ।

अहिले दैनिक झण्डै दुई सय जनाको दरले सङ्क्रमितहरुको सङ्ख्या बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया