श्रावण ३०, २०८३ शनिबार August 15, 2026

बिपक्षी दलको बहिष्कारका बीच बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित भएको छ ।

बिपक्षी दलहरुको बहिष्कारका बीच बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि ५७ अर्ब ७२ करोड नौं लाख २७ हजार रुपैयाँ बजेट पारित भएको हो ।

पारित बजेटमा चालुतर्फ २६ अर्ब एक करोड ६६ लाख २३ हजार रुपैयाँ र पुँजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख चार हजार रुपैयाँ रहेको छ ।

आइतबार राति ८ बजे मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिँदै गर्दा अकस्मात विद्युत् अवरुद्ध भएपछि प्रदेशसभामा अन्धकार छाएको थियो । लगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले सोमबार मात्रै बजेट पारितबारेको निर्णयार्थ छलफल अघि बढाउन सभामुख समक्ष माग गरेका थिए ।

बिपक्षी दलहरुले बहिस्कार गरेपछि सत्तारुढ दल नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सदस्यहरुको उपस्थितीमा बहुमतले बजेट पारित गरेको हो । नयाँ आर्थिक वर्ष २०७८/७९ बिनियोजन बिधेयक र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ पारित भएपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबार बिहान ८ बजे बस्नेगरी बैठक स्थगित गरेका छन् ।

प्रदेशसभामा रहेका एकसय नौं जना प्रदेशसभा सदस्यमध्ये नेकपा एमालेको मात्र ५५ जना रहेका छन् । तीमध्ये २१ जना माधव नेपाल पक्षका रहेका छन् । नेपाल पक्षसँगै नेपाल मजदुर किसान पार्टीका दुई जना प्रदेशसभा सदस्यले समर्थन गरेपछि बजेट पारित भएको हो । बजेटको बिपक्षमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, साझा विवेकशील पार्टी, राप्रपा र एक स्वतन्त्र प्रदेशसभा सदस्य उभिएका थिए ।

सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले बिरोधका बीच बजेट पारित भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार