कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

हुम्लामै पहिलो पटक गोठालाको कथामा आधारित म्युजिक भिडियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् ।

पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो छायाङ्कन गरेका हुन् ।

देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी भाका गीतमा स्थानीयस्तरमै युवाहरू म्युजिक भिडियो उत्पादनमा लागेका हुन् ।

समयको परिवर्तनसँगै बजारमा रिमिक्स, आधुनिक, लोकगीत–सङ्गीत हाबी हुँदा छुट्टै पहिचान बोकेको देउडा ठाडी भाका लोप हुँदै गएकाले  स्थानीयस्तरमै देउडा ठाडी भाका गीतको छायाङ्कन गरिएको निर्देशक एवं पत्रकार पदमराज हमालले जानकारी दिनुभयो ।

‘जिन्दगी अधुरो बनाई छोडी बाईगई माया’ बोलको  देउडा ठाडी भाका गीत हुम्लामै पहिलोपटक निर्माण गरिएको निर्देशक हमालले बताउनुभयो ।

गोठालाहरूको दुःखपीडालाई आधार बनाई माया प्रेम झल्काउने गीतको भाव रहेको निर्देशक हमालको भनाइ छ । गीत स्थानीय गायक मनबहादुर थापाको स्वर र शब्दमा रहेको छ । म्युजिक भिडियोमा पनि हुम्लाकै स्थानीय कलाकारहरुको अभिनय रहेको बताइएको छ ।

गीतमा हुम्लाका सञ्चारकर्मी नरजन तामाङ, उर्मिला शाही र विष्णु बुमीको अभिनय रहेको छ । जिल्लाकै पत्रकार हमाल, अविनाश लामा र अर्जुन बोहराले गीतको छायाङ्कन गर्नुभएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार
लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
२०८३ कार्तिक १०, मंगलबार
सौराहामा पर्यटकको चहलपहल बढ्यो
२०८३ कार्तिक १०, मंगलबार
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
२०८३ कार्तिक १०, मंगलबार
हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
२०८३ कार्तिक १०, मंगलबार
झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति
२०८३ कार्तिक १०, मंगलबार