श्रावण ३०, २०८३ शनिबार August 15, 2026

कर्णाली प्रदेशसभाको बर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको बुधबार बसेको बैठकले असार ३० गते राती १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।

बुधबार दिउँसो ३ बजे बसेको प्रदेशसभाको आठौं बैठक एमालेले कार्यसूचीमा प्रवेश गर्न दिएको थिएन । त्यसपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि बैठक सूचारु नै हुन सकेन । त्यो बीचमा सर्वदलीय बैठक बसेपनि सहमति जुट्न नसकेपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । सर्वदलीय सहमति जुटाउन नसकेपछि अब बजेट अध्यादेशबाट आउने निश्चित भएको छ ।

यसैबीच कर्णाली प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको जनाएको छ । बुधबार राती एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयको सिफारिसअनुसार अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार