बैसाख १९, २०८३ शनिबार May 2, 2026

कोभिड-१९ महामारीका विरुद्ध अफगानिस्तानलाई सहयोग गर्ने चीनको आश्वासन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताएका छन‍् । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पु¥याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा राखेका हुन ।

पछिल्लो समयमा अफगानिस्तानमा कोभिड महामारीका सङ्क्रमितहरु बढ्दै गएको भन्दै महामारीसँग लड्ने औषधि स्वास्थ्य औजारहरुका साथै खोप आदि उपलब्ध गराएर चीनले अफगानिस्तानलाई सहयोग गर्ने विदेशमन्त्री वाङले जानकारी दिए । विदेशमन्त्री वाङले अफगानिस्तानका विदेशमन्त्री मोहमद हानिफ आतमारसँग बिहीबार भएको द्धिपक्षीय भेटवार्ताका क्रममा सो सहयोगको आश्वासन दिए ।

उहाँले सो भेटका अवसरमा चीन र अफगानिस्तान पहाड तथा नदीले छुट्याएका दुई छिमेकी देशहरु हुन् भने । अफगानिस्तानसँग चीनको विगत धेरै लामो समयदेखिको मित्रता रही आएको पनि सो अवसरमा उनले बताए । उनले त्यस अवसरमा हाल अफगानिस्तानमा रहेका चीनका नागरिक र चिनियाँ विभिन्न संघ संस्था आदिको सुरक्षाका लागि पनि आग्रह गरे ।

अफगानिस्तानमा हाल तालिबानी लडाकूहरुले दिन प्रतिदिन हिंसात्मक हमलाका घटना बढाएका छन् । जसका कारण यहाँ दैनिकजसो नागरिकको ज्यान जान थालेको पनि पाइएको छ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया