वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

कर्णाली प्रदेश सरकारको बजेट अध्यादेशबाट पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि अध्यादेशबाट बजेट ल्याएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश विनियोजन अध्यादेश र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले अध्यादेश जारी गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदबाट बजेट पेस गर्न नदिएपछि प्रदेश सरकारले वैकल्पिक बाटो अध्यादेश समातेको हो । प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८–०७९ का लागि ल्याएको ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट नै अध्यादेशबाट पारित गरिएको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले प्रतिपक्ष दलले लगातार संसद अवरुद्ध गरेपछि अध्यादेशको बाटोबाट बजेट ल्याउनुपरेको बताइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्याका सेना प्रमुखको हेलिकोप्टर दुर्घटनामा निधन
२०८१ वैशाख ७, शुक्रबार
चीनको अन्तरिक्ष कार्यक्रममा सैन्य गतिबिधि देखिन्छः नासा प्रमुख
२०८१ वैशाख ७, शुक्रबार
इण्डियन प्रिमियर लिग : मुम्बईले पञ्जावलाई ९ रनले हरायो
२०८१ वैशाख ७, शुक्रबार
कर्मचारी कार्यसम्पादनको ‘राजनीति’ : श्यामप्रसाद मैनाली
२०८१ वैशाख ७, शुक्रबार
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै
२०८१ वैशाख ७, शुक्रबार
डिसहोम फाइबरनेटको ‘क्याच द बिग अफर’ सुरु
२०८१ वैशाख ७, शुक्रबार
गोकुल बास्कोटाको टिप्पणी : सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !
२०८१ वैशाख ७, शुक्रबार