श्रावण ३०, २०८३ शनिबार August 15, 2026

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै (सम्भावित कार्यसूची)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ‌ंः सर्वोच्च अदालतको आदेशानुसार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सर्वोच्च अदालतको आदेशअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले आज (साउन ३ गते) अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद सचिवालयले कार्यसूची तोकेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पुनर्स्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेको बताउँदै यसका लागि दलहरुबीच एकता हुनु जरुरी रहेको बताउनुभएको छ ।

आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सभामुख सापकोटाले राष्ट्रपति भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाउने कार्यसूची छ ।

यसैगरी सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची समेत छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार