मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

जसपा विवादबारे निर्णय गर्न आयोगको इजलास बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादबारे निर्णय गर्न आइतवार निर्वाचन आयोगमा इजलास बस्दै छ ।

इजलास बिहान ११ बजे बस्ने स्रोतले जानकारी दिएको छ। विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एक अर्कालाई कारबाही गर्दै दुवैले आफूहरू आधिकारिक भएको दाबी गर्दै आएका छन् ।  यसअघि ३२ सांसदमध्ये उपेन्द्र पक्षसँग १२ मात्रै सांसद थिए । तर, अहिले उपेन्द्र पक्षले आफूसँग १९ जना सांसद रहेको दाबी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया