श्रावण ३०, २०८३ शनिबार August 15, 2026

प्रतिनिधिसभाको आठौँ अधिवेशन शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्वाेच्च अदालतको आदेशानुसार पुनःस्थापित सङ्घीय संसद प्रतिनिधिसभाको आठौँ अधिवेशन आजदेखि शुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी  प्रतिनिधिसभाको आजै बस्ने दोस्रो वैठकमा निर्णयार्थ प्रस्तुत प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

त्यसैले पनि यस अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन प्रारम्भ भएकामा सबै सांसदलाई स्वागत गर्दै अधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा जीवनउत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदको योगदानको स्मरण गर्दै बैठकमा मौनधारण गरियो ।

सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान र विभिन्न मितिमा मन्त्रिपरिषद गठनसम्वन्धी पत्र वाचन गरेर सुनाउनुभयो ।

उहाँले प्रतिनिधिसभा नियमावलीअनुसार सभाको अध्यक्षता गर्ने सदस्य मनोनयनसम्वन्धी राख्नु भएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार