भाद्र १, २०८३ सोमबार August 17, 2026

मानव विकास सूचकांकमा नेपालकाे सुधार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मानव विकास सूचकांकमा नेपाल ३ स्थान माथि उक्लिएको छ। युनडीपीले सार्वजनिक गरेको सूचकांकमा नेपाल गत वर्षको तुलनामा ३ अंकले माथि आएको हो।
गत वर्ष १४९ औं स्थानमा रहेको नेपाल यस वर्ष १४७ औं स्थानमा उक्लिएको छ। नेपालसँगै केन्या १४७ औं स्थानमा छ। यो मध्यमस्तरको सुचकांक हो।

१८९ मुलुक मध्ये मानव विकास सूचकांकको पहिलो नम्बरमा भने नर्वे रहेको छ। त्यसैगरी दोस्रोमा स्वीट्जरल्याण्ड, तेस्रोमा आयरल्याण्ड छन्।
छिमेकी मुलुक भारत १२९ स्थानमा रहेको छ भने चीन ८५ औं स्थानमा रहेका छन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपीं) को मानव विकास सुचकांकमा नेपालको ०.५७९ अंक रहेको छ । गत वर्ष ०.५७४ अंक रहेको थियो।
सन् २०१९को रिपोर्ट अनुसार मानव विकास सुचकांकमा १ नम्बरमा रहेको नर्वेको ०.९५४ अंक रहेको छ। छिमेकी मुलुक चीनको ०.७५८ अंक रहेको छ भने भारतको ०.६४७ अंक रहेको छ।

दक्षिण एशियाका अन्य मुलुकहरुमा श्रीलंका सबैभन्दा माथि रहेको छ। ७१ औं स्थानमा रहेको मानव विकास सुचकांकमा ०.७८० अंक रहेको छ । १०४ स्थानमा रहेको माल्दिभसको ०.७१९ अंक रहेको छ। १३४ स्थानमा रहेको भुटानको ०.६१७ अंक रहेको छ भने नेपाल भन्दा माथि रहेको बंगलादेश १३५ औं स्थानमा रहेको छ। जसको मानव विकास सुचकांकमा ०.६१४ अंक रहेको छ।

मानव विकास सुचकांकमा नेपाल भन्दा पछि रहेको पाकिस्तान १५२ औं स्थानमा रहेको छ भने अफगानिस्तान १७० औं स्थानमा रहेको छ। पाकिस्तानको ०.५६० अंक रहेको छ भने दक्षिण एसियाको पुच्छरमा रहेको अफगानिस्तानको ०.४९६ अंक रहेको छ।

सूचकांकको १८९ औं स्थानमा नाइजेरिया रहेको छ। यूएनडीपीले लैंगिक समानता, बहुआयामिक गरिबी आदिका आधारमा मानव विकास सूचकांक निर्धारण गर्ने गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी दर्ज्यानी प्रदान
२०८३ भाद्र १, सोमबार
विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ
२०८३ भाद्र १, सोमबार
भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देल बिच शिष्टचार भेट
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार