काठमाडौंः बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा सोमबार अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति कुन्द्रलाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको छ।
प्रहरीले कुन्द्रविरुद्ध गत फेब्रुअरीमै दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा प्रोनोग्राफीमा राज कुन्द्रा मुख्य आरोपी रहेको प्रहरीले प्रमाण फेला पारेको जनाइएको छ। प्रहरीका अनुसार राज कुन्द्रले एक एपमा अश्लील फिल्म रिलिज गर्ने गरेका थिए।
हटसट नामको एक एपमा अश्लील फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले जनाएको छ।भारतीय सञ्चार माध्यमहरुका अनुसार युवतीहरुलाई जबरजस्ती अश्लील फिल्म बनाउन लागएर कुन्द्रले सो एपमार्फत रिलिज गर्ने गरेका थिए। (नेस)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया