मंग्सिर १, २०८२ सोमबार November 17, 2025

न्युजर्सीमा अन्धाधुन्ध गोली प्रहार, प्रहरीसहित ६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरिकाको न्युजर्सी शहरमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक प्रहरीसहित ६ जनाको मृत्यु भएको छ। गोलीकाण्डमा अन्य दुई प्रहरी घाइते भएको न्युजर्सीका मेयर स्वीटन फुलपले बताएका छन्।

न्युजर्सीको ग्रिनभिलेमा प्रहरी र बन्दुकधारीबीच करिब एक घन्टा गोली हानाहान भएको बीबीसीले जनाएको छ। स्थानीय संचारमाध्यमका अनुसार दुई बन्दुकधारीले सुरुवातमा अन्धाधुन्ध गोली हानेका थिए। त्यसपछि प्रहरीले जवाफी कारवाही थालेको थियो।

बन्दुधारी को थिए भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। यस घटनामा मारिएका प्रहरी ३९ वर्षको जोसेफ सिल्स भएको जनाइएको छ।

बन्दुकधारीहरु प्रहरीसँगको मुडभेडपछि ट्रकमा चढेर भागेका थिए। उनीहरुको खोजी भइरहेको छ।

आक्रमण पछाडिको कारणबारे पनि यतिबेला अनुसन्धान सुरु भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार