असार २५, २०८२ बुधबार July 9, 2025

अफगान सुरक्षाबलको कारबाहीमा परी २३ तालिबान लडाकू मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकू अफगान सुरक्षाबलको कारबाहीमा मारिएका छन् ।

फर्याब प्रान्तको पासतुन्कोट र आल्मार जिल्लामा लुकेका तालिबान लडाकूलक्षित अफगान सुरक्षाबलले बुधबार गरेको हवाइ कारबाहीमा परी २३ तालिबान लडाकू मारिएका सेनाका प्रवक्ता मोहमद हानिफ रेजाईले बिहीबार बताउनु भएको छ ।

बुधबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा भारी संख्यामा हातहतियार, लडाकू समूहका चार ओटा मोटरसाइकललगायतका सामग्रीहरु बरामद गरिएको पनि सरकारी स्रोतले जानकारी दिएको छ । तालिबानले नियन्त्रणमा लिएको अन्य प्रान्तमा पनि खोजी तथा सुरक्षा कारबाहीको कार्य जारी राखेको सरकारी सेनाले बताएको छ ।

फर्याब प्रान्तको प्रमुख भाग नियन्त्रणमा लिएर प्रान्तीय राजधानी मैमाना शहर कब्जा गर्न आक्रमण गरिरहेका तालिबान आतंकवादीहरूले अहिले कुनै टिप्पणी गरेका छैनन् । – रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार