कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

राजेश पायल राईको ‘फर्कन छोरा’ सार्बजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चर्चित गायक राजेश पायल राईको स्वरमा‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा केशव शर्मा दाहालको शब्द रचना तथा संगीत रचन्दु गोर्खालीको संगीत संयोजन रहेको छ ।

सार्बजनिक भिडियोमा विविध कारणले विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु-आमाको निरश जीवन र पीडाको कथा चित्रण गरिएको छ।

केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको मार्मिक भिडियोमा नाट्यकर्म तथा चलचित्रमा सक्रिय कलाकारहरु कमलमणि नेपाल र सरिता गिरीले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

उनीहरुका अलावा भिडियोमा अन्य रंगकर्मी कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ। भिडियो ‘केशव एस. दाहाल अफिसियल’ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

प्रविण खतिवडाले निर्देशन गरेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको रयाले, बनेपा, तिनपिप्ले लगायतका स्थानहरुमा गरिएको हो।

हाल अमेरिकामा बसोबास गरिरहेका केशव शर्मा दाहालले आफ्नै स्वरमा यस अघि ‘चौतारीमा बसौंन पियारी’, ‘वैशैमा लाको पिरती’, लगायतका गीतहरु सार्बजनिक गरिसकेका छन् । केहि दिन अघि मात्र भानु जयन्तिको अवसर पारेर उनको ‘भानु तिम्रो रामायणले’ बोलको भजन सार्बजनिक भएको थियो। न्यूजअभियान

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार
लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
२०८३ कार्तिक १०, मंगलबार
सौराहामा पर्यटकको चहलपहल बढ्यो
२०८३ कार्तिक १०, मंगलबार
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
२०८३ कार्तिक १०, मंगलबार
हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
२०८३ कार्तिक १०, मंगलबार
झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति
२०८३ कार्तिक १०, मंगलबार