जेठ २३, २०८३ शनिबार June 6, 2026

बेलायत आमनिर्वाचन : सत्तारुढ कन्जरभेटिभ् पार्टीलाई स्पष्ट बहुमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बेलायतको सत्तारुढ कन्जरभेटिभ् पार्टीले संसदीय निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको छ । ६५० सदस्यीय संसदमा सबै क्षेत्रको परिणाम नआउँदै कन्जरभेटिभ्ले ३२६ भन्दा बढी स्थानमा जित दर्ता गरिसकेको छ ।

६३७ स्थानको परिणाम घोषणा हुँदासम्म प्रधानमन्त्री जोनसन बोरिसको पार्टीले ३५५ सिटमा विजयी भएको छ । २०१७ मा यो पार्टीले ३१७ स्थानमा मात्रै जितेको थियो ।
विपक्षी लेवर पार्टीले भने विगतमा जित हासिल गरेको क्षेत्र समेत गुमाउने देखिएको छ । लेवर पार्टीले २०२ स्थानमा जित हासिल गरेको छ । अघिल्लो निर्वाचनमा उसले २६२ सिट जितेको थियो ।

जितपटि जोनसनले बेलायतलार्य युरोपेली संघबाट अलग हुने ब्रेग्जिट लागु गर्ने जनादेश मिलेको प्रतिक्रिया दिएका छन् ।

बेलायतमा पछिल्लो पाँच वर्षमा तेस्रो पटक निर्वाचन भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार