कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

मोतिराज खनाल र चुमान काउछाको तीज गीत ‘जम्काभेट’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मोतिराज खनाल र चुमान काउछाको तीज गीत ‘जम्काभेट’को विमोचन गरिएको छ ।

जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले गीत विमोचन गर्दै मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले पछिल्लो सयम विकृतिजन्य गीत बजारमा आइरहेकाले ती गीतलाई सरकारले नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका महासचिव प्रेमनाथ अधिकारीले भाषा, कला संस्कृतिको विकास, सम्वद्र्धन र उत्थानमा महासङ्घले निरन्तर काम गरिरहेको जनाउँदै स्रष्टाको वृत्तिविकास र सम्मानमा कुनै कमि नराखिने बताउनुभयो ।

नेकपा (एमाले) अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष विशाल मिश्रले खनाल कुशल कलाकारका रुपमा स्थापित भइसकेकाले आगामी दिनमा अझै उत्कृष्ट खालका प्रस्तुति पस्कन आग्रह गर्नुभयो ।

समाजसेवी ऋषिराम भुसालले राज्यले कलाकारलाई उचित ढङ्गले सम्बोधन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रमा योगदान गर्ने करिब एक दर्जन व्यक्तिलाई सम्मान गरिएको छ ।

गीतमा खनाल, काउछा र आशा बिसीको स्वर रहेको छ । लय, शब्द खनालकै छ भने एरेञ्ज काउछाले गर्नुभएको छ । गीतको भिडियो निर्देशन सुमन सागरजंग केसीले गर्नुभएको छ ।

भिडियोमा निर्देशक केसी, बबिता श्रेष्ठ, सौगात मिश्र, काफिया ढकाल, केशव पाण्डे र गायक खनालले समेत अभिनय गर्नुभएको छ । गीतलाई मञ्जरी क्रियशन युटुब च्यानलबाट बजारमा ल्याइएको हो ।

खनालका यसअघि ‘जुनीजुनी सँगै बाचौँला’, ‘ऋण बढेर दोब्बर भइसक्यो’, ‘सँगै सुते लाग्छ गोडामा’, ‘लाली गुराँस फुल्यो मायालु’, ‘क्या राम्री पुतली’, ‘मामा घर’, ‘सधै तमासा’ र ‘के जवाना आयो बरिलै’ बजारमा आएका छन् । रासस

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार
लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
२०८३ कार्तिक १०, मंगलबार
सौराहामा पर्यटकको चहलपहल बढ्यो
२०८३ कार्तिक १०, मंगलबार
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
२०८३ कार्तिक १०, मंगलबार
हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
२०८३ कार्तिक १०, मंगलबार
झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति
२०८३ कार्तिक १०, मंगलबार