बैसाख २१, २०८३ सोमबार May 4, 2026

अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार बम आक्रमणःचार जनाको मृत्यु, ११ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार हतियारधारी समूहले कार बम र गोलीमार्फत आक्रमण गर्दा चार जनाको मृत्यु भएको हो ।

आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह घरमा नरहेको बताइएको छ । बिस्मिल्लाहको परिवारका सदस्यहरूलाई भने सुरक्षित रूपमा घरबाहिर निकालिएको बताइएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार घटनामा चार जनाको मृत्यु भएको र ११ जना घाइते भएका छन् ।

अफगानिस्तानमा तालिबान र सरकारी पक्षबीच भिडन्त भइरहेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले द्वन्दको अन्त्य गर्न अपिल गरेको थियो । त्यस लगत्तै यस्तो आक्रमण भएको हो ।

समाचार संस्था रोयटर्सले मङ्गलवार राति काबुल सहरमा रहेका धेरै सरकारी कार्यालय र विदेशी कूटनीतिज्ञहरूको आवास रहेको स्थान नजिक विस्फोट भएको उल्लेख गरेको छ । आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । – एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
२०८३ बैसाख २१, सोमबार
आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री डा. वाग्ले
२०८३ बैसाख २१, सोमबार
चट्याङ लागेर नैना बुढाको निधन
२०८३ बैसाख २१, सोमबार
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
२०८३ बैसाख २१, सोमबार
आइपिएलमा १६४ रनको लक्ष्य पछ्याउँदै गुजरात टाइटन्स विजयी
२०८३ बैसाख २१, सोमबार
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
२०८३ बैसाख २१, सोमबार
भारतमा मतगणना : मोदीका लागि निर्णायक घडी
२०८३ बैसाख २१, सोमबार