मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

लेबनानको अवस्थाबारे संयुक्त राष्ट्रसंघको चिन्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ संयुक्त राष्ट्रसङ्घ चिन्तित रहेको राष्ट्रसङ्घले जनाएको छ ।

पछिल्लो समयमा आर्थिक अवस्था कमजोर हँुदै गएको, कोभिडको बढ्दो सङ्क्रमणका साथै अरु कारणले मानवीय अवस्था निकै कमजोर हँुदै गएकोतर्फ ध्यानाकर्षण भएको बताएको छ ।

गत वर्षअघि लेबनानको राजधानी बेरुतमा रहेको एक बन्दरगाहमा भएको विस्फोटपछि देशको अवस्था निकै कमजोर भएको बताइएको छ । पछिल्लो समयमा कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण पनि अवस्था निकै गम्भीर भएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घले आर्थिक तथा स्वास्थ्यसम्बन्धी अवस्था निकै नै कमजोर भएको अवस्थामा राजनीतिक सङ्कट पनि गहिरिँदै गएको र विपक्षी दलले निरन्तर प्रदर्शन गर्ने गरेकोले कोभिड–१९ को महामारी बढ्दै गएको पनि बताएको छ ।

पछिल्लो समयमा आर्थिक अवस्था बिग्रिँदै गएको र खाद्यान्नको मूल्य पनि कम्तीमा पनि ४०० प्रतिशतका दरले बढ्दै गएकोतर्फ सबैको ध्यान पुग्नुपर्ने संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

निरन्तरको राजनीतिक अस्थिरता, गत वर्ष भएको बन्दरगाहको विस्फोटपछि भएको ठूलो क्षतिका साथै महामारीको बढ्दो क्रमका कारण अवस्था निकै नै दयनीय हुँदै गएकोले यसका लागि विश्वको ध्यान जानुपर्नेमा संयुक्त राष्ट्रसङ्घले एक विज्ञप्ति प्रकाशन गरेर आग्रह गरेको छ । रासस- सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार