असार २३, २०८२ सोमबार July 7, 2025

चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको करवृद्धि योजना स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ। चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घोषणा गरेसँगै चीनले यस्तो कदम चालेको हो ।

एएफपीका अनुसार चीनले अमेरिकाका केही सामानको आयातमा १० प्रतिशत र ५ प्रतिशतको करवृद्धि गर्ने योजना हाललाई स्थगित गरेको छ। चिनियाँ अर्थ मन्त्रालयले आइतबार भनेको छ, “अमेरिकामा निर्मित अटो र स्पेयर पार्ट्समा थप करवृद्धि स्थगित गरिएको छ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “प्रथम चरण”को व्यापार सम्झौताको एक हिस्साका रूपमा चिनियाँ उत्पादनहरुमा नयाँ करवृद्धि प्रस्ताव रद्द गरेका थिए।

चीनको वाणिज्य मन्त्रालयले शुक्रबार अमेरिकासँग एउटा सम्झौतामा सहमति भएको र त्यसमा करवृद्धिलाई स्थगन गर्ने तथा बौद्धिक सम्पत्ति अधिकारको संरक्षण समावेश गरिने उल्लेख रहेको स्पष्ट गरेको छ ।

तथापि, दुवै पक्षले यो सम्झौतामा हस्ताक्षर गर्न बाँकी छ । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच विगत २१ महिनादेखिको गतिरोध अन्त्यका लागि यो सहमतिलाई ठूलो सफलताका रुपमा हेरिएको छ ।

विद्यमान करका दरको अतिरिक्त राष्ट्रपति ट्रम्पले यसअघि करिब १६० अर्ब डलर बराबरका चिनियाँ सामानमा १५ प्रतिशत अतिरिक्त कर लगाउने धम्की दिएका थिए। यसमा अमेरिकी उपभोक्ताहरुमाझ लोकप्रिय इलेक्ट्रोनिक्स र कपडा जस्ता वस्तुहरू पनि समावेश थिए ।

अमेरिकी घोषणाको प्रत्युत्तरमा चीनले पनि अमेरिकी सवारी साधनमा २५ प्रतिशत र सवारी साधनका पार्टपूर्जामा ५ प्रतिशत करवृद्धि गर्ने धम्की दिएको थियो । यो करवृद्धि प्रस्ताव गत वर्ष नै घोषणा गरिएको भएपनि अमेरिकासँगको व्यापार वार्तामा सहज वातावरण निर्माणका लागि भन्दै चीनले पछि यी करवृद्धि प्रस्ताव स्थगित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार