कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

‘तिमीसँग दिल बस्यो’मा राहुल र साक्षीको रोमान्स (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक गणेश थापाले नयाँ गीत ‘तिमीसँग दिल बस्यो…’को भिडियो बजारमा ल्याएका छन् । यो गीतको भिडियो मंगलबार बेलुका बुढासुब्ब डिजिटलबाट रिलिज गरिएको हो । यो गीतमा सुन्दर पन्तको रचना, बलराम राजवंशीको संगीत रहेको छ ।

यो गीतको भिडियोमा राहुल श्रेष्ठ, साक्षी लम्साल, सुवर्णकुमार र सुनिता भुजेलको अभिनय रहेको छ । यो भिडियोमा राहुल र साक्षीको अभिनयले अहिले प्रशंसा पाएको छ । यो भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । गीतमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक शैलीको छ ।

आफूहरूको अभिनयलाई दर्शकले मन पराएको कलाकार साक्षी लम्सालले बताइन् । यो भिडियोलाई सवला थापाले निर्माण गरेकी हुन् । यो गीतको भिडियोमा टंक केसीको छायांकन, सुरेशकुमार राउतको सम्पादन, शोभा श्रेष्ठको शृंगार रहेको छ ।

उनले दुई साताअघि मात्र ‘आयो मेरै राजा…’ बजारमा ल्याएका थिए । त्यो गीतलाई दर्शकले रुचाएपछि नयाँ गीत ‘तिमीसँग दिल बस्यो…’को भिडियो पनि बजारमा ल्याएको हो । चाँडै अर्कोसमेत गीत समेटेर गीतिसंग्रह बजारमा ल्याउने तयारी गरिरहेको पनि उनले बताएका छन् । केही समयदेखि अमेरिकामा बस्दै आएका गायक गणेशले नेपालमा आएको बेला यो दुईवटा गीत रेकर्ड गरेका हुन् । राजधानी दैनिक

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार
लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
२०८३ कार्तिक १०, मंगलबार
सौराहामा पर्यटकको चहलपहल बढ्यो
२०८३ कार्तिक १०, मंगलबार
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
२०८३ कार्तिक १०, मंगलबार
हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
२०८३ कार्तिक १०, मंगलबार
झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति
२०८३ कार्तिक १०, मंगलबार