असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रसङ्घीय सुरक्षा परिषद्वारा पाकिस्तानमा भएको हिंसाको निन्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले हालै पाकिस्तानमा भएको हिंसात्मक हमलाको कडा शब्दमा निन्दा गरेको छ ।

परिषद््ले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर पाकिस्तानमा भएको सो हमला एक प्रकारको कायर र क्रुर आतङ्कवादी हमला भएको बताएको छ ।

पाकिस्तानी उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा सो आतङ्ककारी हमला भएको थियो । त्यस आक्रमणमा परेर नौ जना चिनियाँ नागरिक र  तीन जना पाकिस्तानी नागरिकको ज्यान गएको थियो ।

गएको जुलाई १४ मा भएको सो आतङ्ककारी हमला मानवता विरुद्धको अपराध भएको भन्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले त्यस हिंसात्मक हमलामा संलग्न भएका जो सुकैलाई भएपनि कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद््द्वारा जारी भएको विज्ञप्तिमा दोषीलाई कानुनी दायरमा ल्याएर कडाभन्दा कडा कारबाही गर्नुपर्ने मागगर्दै यस्ता हिंसात्मक कार्यले कसैको पनि माग पूरा नहुने बताइएको छ ।

विज्ञप्तिमा सो हमलामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्ति गरिएको छ र उनीहरुका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार