असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार तालिवानको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तान अबको केही दिनमै तालिवानको नियन्त्रणमा जाने सम्भावना बढेको छ । तालिवानले एकपछि अर्को शहरहरुमा नियन्त्रण बनाउँदै जाने क्रममा कान्दाहारमा कब्जा जमाएको छ ।

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारमा शुक्रबार तालिवानले नियन्त्रण जमाएको पुष्टि भएको छ । तालिवानले विज्ञप्तिमार्फत् शुक्रबार नियन्त्रणबारे उल्लेख गरेको हो । उनीहरु अब राजधानी काबुलतर्फ द्रुत गतिमा बढेका छन् ।

कान्दाहार अफगानिस्तानको दक्षिणी शहर हो । यसको रणनीतिक महत्व छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानका सरकारी सेनामध्ये अधिकांशले आत्मसमर्पण गरेका छन् । केही भागेका छन् । कान्दाहारको अन्तर्राष्ट्रिय विमानस्थलमा कतिपय सैनिक विमान पर्खिएर बसेका छन् ।

तालिवानले ३४ मध्ये १३ प्रान्तीय राजधानी कब्जा जमाइसकेका छन् । अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता भएलगत्तै तालिवानले नियन्त्रण बढाइरहेको छ ।

अफगानिस्तानमा तालिवानको नियन्त्रण कायम हुन थालेपछि विदेशी मुलुकका नागरिकलाई उक्त देश छाड्न सम्बन्धित देशहरुले जोड दिन थालेका छन् । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार