बैसाख १९, २०८३ शनिबार May 2, 2026

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार तालिवानको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तान अबको केही दिनमै तालिवानको नियन्त्रणमा जाने सम्भावना बढेको छ । तालिवानले एकपछि अर्को शहरहरुमा नियन्त्रण बनाउँदै जाने क्रममा कान्दाहारमा कब्जा जमाएको छ ।

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारमा शुक्रबार तालिवानले नियन्त्रण जमाएको पुष्टि भएको छ । तालिवानले विज्ञप्तिमार्फत् शुक्रबार नियन्त्रणबारे उल्लेख गरेको हो । उनीहरु अब राजधानी काबुलतर्फ द्रुत गतिमा बढेका छन् ।

कान्दाहार अफगानिस्तानको दक्षिणी शहर हो । यसको रणनीतिक महत्व छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानका सरकारी सेनामध्ये अधिकांशले आत्मसमर्पण गरेका छन् । केही भागेका छन् । कान्दाहारको अन्तर्राष्ट्रिय विमानस्थलमा कतिपय सैनिक विमान पर्खिएर बसेका छन् ।

तालिवानले ३४ मध्ये १३ प्रान्तीय राजधानी कब्जा जमाइसकेका छन् । अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता भएलगत्तै तालिवानले नियन्त्रण बढाइरहेको छ ।

अफगानिस्तानमा तालिवानको नियन्त्रण कायम हुन थालेपछि विदेशी मुलुकका नागरिकलाई उक्त देश छाड्न सम्बन्धित देशहरुले जोड दिन थालेका छन् । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया