असार २४, २०८२ मंगलबार July 8, 2025

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्यो – एकैदिन ४२ हजार दुई सयबढी कोरोना सङ्क्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या तीन लाख ८५ हजार दुई सय २७ मा झरेको छ ।

सक्रिय सङ्क्रमितहरुको यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार दुई सय ९५ जना कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । दैनिक रुपमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुँदै गएको हो ।

अहिले भारतमा कुल सङ्क्रमितमध्ये १.२ प्रतिशत सङ्क्रमितहरु मात्रै सक्रिय सङ्क्रमित अवस्थामा रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो एक दिनमा ४२ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएकै बेला अरू ४० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुका अनुसार सोही अवधिमा ४० हजार एक सय २० जना नयाँ सङ्क्रमितहरु थपिएका हुन् ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट तीन करोड २१ लाख १७ हजार आठ सय २६ जना सङ्क्रमित भएको पाइएको छ । तीमध्ये चार लाख ३० हजार दुई सय ५४ जनाको मृत्यु भएको छ । कुल मृतकमध्ये पाँच सय ८५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

देशभरि अहिलेसम्म ५२ करोड ९५ लाख ८२ हजार नौ सय ५६ मात्रा कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । तीमध्ये ५७ लाख ३१ हजार पाँच सय ७४ खोप पछिल्लो २४ घण्टामा प्रयोग भएको हो । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार