असोज १३, २०८३ मंगलबार September 29, 2026

फेसबुक म्यासेन्जरमा इन्ड-टु-इन्ड इन्क्रिप्सन सुरक्षा फिचर थपियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः फेसबुकले आफ्नो लोकिप्रय च्याट एप म्यासेन्जरमा भ्वाइस र भिडियो कलका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर थप गरेको छ ।

कम्पनीले शुक्रबार एक ब्लग पोस्ट गर्दै यस्तो सुरक्षा फिचर थप गरेको जानकारी दिएको हो । साथै सोही अवसर पारी कम्पनीले ‘सेक्रेट कन्भर्सेसन‘ अप्सनका लागि पनि नयाँ अपडेट जारी गरेको छ । यी फिचरले फेसबुक म्यासेन्जरलाई थप सुरक्षित बनाउने कम्पनीको विश्वास छ ।

फेसबुक मेसेन्जरले २०१६ मा ‘सेक्रेट कन्भर्सेसन’ अप्सन थप गर्दै पहिलोपटक टेक्स्ट म्यासेजका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन सुरु गरेको थियो । टेक्स्ट म्यासेजसँगै भ्वाइस र भिडियो कलमा प्रयोगकर्ताको रुचि बढ्दै गएकाले यो फिचर विस्तार गरिएको कम्पनीले जनाएको छ ।
सुरूवातमा यो फिचर केही प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ । चाँडै नै सबैका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर खुला गरिने कम्पनीले जनाएको छ । यो फिचर प्रयोगमा आएसँगै म्यासेन्जरमा हुने कल तेस्रो व्यक्तिले सुन्न सक्दैन । अर्थात् दुई डिभाइसबाट म्यासेन्जरमा हुने कलमा तेस्राे पक्षले पहुँच राख्न सक्दैन ।

हाल म्यासेन्जरमा एक दिनमा १५ कराेडभन्दा बढी भिडियो कल हुन्छ । तर इन्ड–टु–इन्ड इन्क्रिप्सन सेवा स्वतः रुपमा लागू नहुँदा अर्को पक्षले प्रयाेगकर्ताबीचकाे कलमाथि पहुँच राख्ने जोखिम थियो ।

फेसबुकले चाँडै नै ग्रुप च्याट र कलका लागि पनि यो फिचर सुरू गर्ने जानकारी दिएको छ । साइबर सुरक्षा विज्ञहरूले फेसबुक म्यासेन्जरका सबै च्याटमा स्वतः इन्ड–टु–इन्ड इन्क्रिप्सन कार्यान्वयन गर्द दबाब दिइरहेका छन् । हाल टेक्स्ट म्यासेजको हकमा प्रयोगकर्ता आफैंले सेटिङमा गएर यसलाई प्राइभेट कन्भर्सेसन गर्ने अप्सनमात्र छ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
११ सय मेगावाटभन्दा बढी विद्युत् आयातको तयारी
२०८३ असोज १३, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १३, मंगलबार
आज मंगलबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १३, मंगलबार
वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल
२०८३ असोज १३, मंगलबार
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
२०८३ असोज १३, मंगलबार
दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अस्ट्रेलियाविरुद्ध एक खेल अगावै सिरिज कब्जा
२०८३ असोज १३, मंगलबार
जापानमा जारी एसियाली खेलकुदमा १३ वर्षीया चिनियाँ पौडी खेलाडीको वर्चश्व
२०८३ असोज १३, मंगलबार