असोज १३, २०८३ मंगलबार September 29, 2026

तालिबानसँग सम्बन्धित अकाउन्ट र सामग्रीमाथि फेसबुकले लगायो प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैंः फेसबुकले तालिबान र त्यस समर्थित सबै सामग्रीमाथि प्रतिबन्ध लगाएको छ । तालिबानलाई आतङ्कवादी संस्थाको रुपमा सूचीकृत गर्दै फेसबुकले यस्तो कदम चालेको हो ।

यससँगै तालिबानसँग सम्बन्धित सामग्री पहिचान गर्न र हटाउन फेसबुकले विज्ञहरूको समूह समेत बनाएको उल्लेख छ ।

तालिबानले वर्षौंदेखि सामाजिक सञ्जालमार्फत आफ्ना सामग्री प्रवाह गर्दै आइरहेको छ । तालिबानले अनपेक्षित गतिमा अफगानिस्तानलाई नियन्त्रण लिएपछि सामाजिक सञ्जाल कम्पनीहरू त्यस समर्थित सामग्रीलाई कस्तो व्यवहार गर्ने भन्नेमा दुविधामा रहेका छन् ।

अमेरिकी कानूनले तालिबानलाई आतङ्ककारी समूह करार गरेको छ । त्यसैलाई आधार मान्दै फेसबुकले उक्त समूहलाई आफ्नो सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।

यसको अर्थ तालिबान वा तालिबानका लागि बनाइएका फेसबुक अकाउन्टहरू बन्द गरिनेछन् । साथै उनीहरूको प्रशंसा, समर्थन वा प्रतिनिधित्व गर्ने सामग्री समेत हटाइने फेसबुकले जनाएको छ ।

‘हामीसँग पाश्तो र दारी मातृभाषा भएका तथा अफगानिस्तानको स्थानीय विषय बुझेका विशेषज्ञहरूको एउटा समूह छ, जसले त्यस्ता सामग्री पहिचान गरेर हामीलाई जानकारी गराउनेछन्,’ बीबीसीसँग उनले भनेका छन् ।

फेसबुकले यो नीति आफ्ना अन्य सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राम र ह्वाट्सएपमा समेत लागू हुने जनाएको छ । तालिबानले सन्देश आदानप्रदानका लागि ह्वाट्सएप प्रयोग गरिरहेको जानकारी समेत आएको फेसबुकको भनाइ छ ।

कम्पनीका अनुसार ह्याट्सएपमा तालिबानसँग सम्बन्धित अकाउन्ट रहेको जानकारी आएमा हटाइनेछ ।

फेसबुकले यस किसिमको नीति अख्तियार गरेसँगै सामाजिक सञ्जाल कम्पनीहरूमाथि पनि तालिबान सम्बन्धी सामग्रीमाथि प्रतिबन्ध लगाउन दबाब परेको छ । तालिबानका प्रवक्ताले ट्वीटरमार्फत् आफ्नो समूहको गतिविधिको बारेमा जानकारी गराउँदै आएका छन् ।

ट्विटरका प्रवक्ताले हिंसात्मक संस्था र घृणायुक्त व्यवहारप्रति कम्पनीको असहिष्णुताको नीति रहेको बताएका छन् । यसको अर्थ ट्वीटरले समेत आतङ्कवाद र नागरिक विरुद्ध हिंसा प्रवर्द्धन गर्ने सामग्री राख्न अनुमति दिँदैन । युट्युवले भने तालिबानसम्बन्धी सामग्रीको बारेमा बीबीसीको प्रश्नको उत्तर दिएको छैन । -बीबीसीकाे सहयाेगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
११ सय मेगावाटभन्दा बढी विद्युत् आयातको तयारी
२०८३ असोज १३, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १३, मंगलबार
आज मंगलबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १३, मंगलबार
वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल
२०८३ असोज १३, मंगलबार
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
२०८३ असोज १३, मंगलबार
दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अस्ट्रेलियाविरुद्ध एक खेल अगावै सिरिज कब्जा
२०८३ असोज १३, मंगलबार
जापानमा जारी एसियाली खेलकुदमा १३ वर्षीया चिनियाँ पौडी खेलाडीको वर्चश्व
२०८३ असोज १३, मंगलबार