असार २४, २०८२ मंगलबार July 8, 2025

नौ क्लबले छाडे सुपर लिग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युरोपियन सुपर लिगबाट नाम फिर्ता लिँदै युरोपका ९ क्लबले पुनः युरोपियन क्लब एसोसिएसनमा नै फर्किने निर्णय गरेका छन्।

आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामसहित इङ्लिस प्रिमियर लिग (इपिएल) का ६ क्लब र इटालीका एसी मिलान र इन्टर तथा स्पेनको एट्लेटिको मड्रिड गरी युरोपका ९ क्लब पुनः युरोपियन क्लब एसोसिएसन (इसिए) मा फर्किएका हुन्। तर, विश्वका स्टार क्लब रियाल मड्रिड, बार्सिलोना र युभेन्ट्स भने च्याम्पियन्स लिग, युरोपा र युइएफएको समानान्तर प्रतियोगितालाई चुनौती दिने युरोपियन सुपर लिगमा रहेका छन्। इसिए त्याग्दै गत अप्रिलमा युरोपका १२ क्लब मिलेर सुपर लिगको अवधारणा सुरु गरेका थिए। युइएफसँग रुष्ट हुँदै उनीहरूले पूर्वनिर्धारित योजनाअनुरूप सुपर लिग घोषणा गरेका हुन्। तर, ती १२ क्लबमध्ये ९ क्लब भने युरोपियन क्लब एसोसिएसनमै फर्किएका छन्।

यी क्लबहरूले सुपर लिगमा समाहित हुने निर्णय गरेसँगै फुटबल समर्थकले नै त्यसको चर्को आलोचना गरेका थिए। युरोपियन फुटबल महासंघले पनि ती क्लबलाई निर्णय फिर्ता लिन भन्दै कारबाहीको चेतावनी दिएको थियो। इङ्ल्यान्डमा भने इङ्लिस क्लबको विरुद्ध व्यापक विरोध भएको थियो र समर्थकले क्लब समर्थन नै छाड्नेसम्मको चेतावनी दिएका थिए। इसिएको नेतृत्वमा पेरिस सेन्ट जर्मेन (पिएसजी)का अध्यक्ष नासिर अल खलैफी छन्। ४८ घन्टामा नै विघठित सुपर लिगमा पिएसजीले भने हस्ताक्षर गरेको थिएन। ‘कार्यकारी बोर्ड बैठकले क्लबहरूको राजीनामा स्वीकृत गर्नुभन्दा अगाडि उनीहरूले पुनर्नियुक्त र पुनर्मूल्याङ्कनका काम गरिरहेका छन्। बोर्डले पनि क्लबलाई ध्यानमा राखेको छ,’ इसिएले भनेको छ।

सुरुमा विश्वकै चर्चित क्लबले लोकप्रिय हुने आंकलनसहित ल्याएको सुपर लिग नामक प्रोजेक्टलाई आम फुटबल समुदाय र समर्थकले चासो देखाएनन् र उल्टै आलोचना गरे। साथै इसिएले पुनः पुरानै संरचनामा फर्कने क्लबहरूको निर्णयप्रति स्वागत गर्दै संयुक्त रूपमा युरोपियन फुटबलको विकासमा लाग्न आग्रहसमेत गरेको छ। पूर्वविद्रोही ९ क्लबले युइएफएको वित्तीय सम्झौतामा सहमति जनाउँदै नयाँ संरचनामा सहभागी हुने निर्णयविरुद्धको जरिवाना पनि स्वीकार गरेका छन्। त्यसका लागि उनीहरूले संयुक्त रूपमा १५ मिलियन युरो र एक सिजनको कमाइबाट ५ प्रतिशतका दरले रकम पनि बुझाउनेछन्। ९ क्लबको यो निर्णयसँगै सुपर लिगको अवधारणा पूर्णरूपमा अल्पमतमा परेको छ।

साथै ती क्लबले युइफएको अधिकारिक प्रतियोगिताबाहेक प्रतिस्पर्धा गरे सय मिलियन जरिवाना तिर्नुपर्नेछ। अन्य क्लब रियाल मड्रिड, बार्सिलोना र युभेन्ट्स भने युरोपियन फुटबललाई चुनौती दिँदै कानुनी उपचारको बाटो लिने तयारीमा पनि छन्। उनीहरूको युइएफले मनपरी तरिकाले युरोपियन फुटबललाई अगाडि बढाएको आरोप लगाइरहेका छन्। उनीहरू सुपर लिगलाई युइफएले रोक्ने कदमविरुद्ध लक्जेम्बर्गमा रहेको युरोपियन कोर्ट अफ जस्टिसमा जाने सम्भावना पनि देखिएका छन्।  नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार