भाद्र १, २०८३ सोमबार August 17, 2026

लुम्बिनी प्रदेशसभा बैठक स्थगन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरिएको जनाएकोे हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले पार्टीले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौं अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन गरिएकोे हो ।

अर्को बैठक यही भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने छ । राजनीतिक दलसम्बन्धी ऐनको बर्खिलाप कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सांसदद्वय अजयबहादुर शाही र बिमला वलीलाई कारवाही गरेको पार्टीको केन्द्रीय कमिटिले त्यसको सूचना प्रदेश संसदीय दलमार्फत प्रदेश सचिवालयलाई बुझाइसकेको छ ।

उक्त पत्र प्रदेशसभामा पढेर सुनाउन र सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न एमालेले माग गर्दै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
श्रावण शुक्ल पञ्चमी : नागको पूजा-आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
२०८३ भाद्र १, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८३ भाद्र १, सोमबार
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
२०८३ श्रावण ३१, आइतबार
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार