असोज १३, २०८३ मंगलबार September 29, 2026

भिभो ‘वाई ५३एस’ ६४ एमपी क्यामेरा र ८ जीबी र्‍यामसहित नेपाली बजारमा, कति होला मूल्य ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले ‘वाई’ सिरिज अन्तर्गत ‘वाई ५३एस’ स्मार्टफोन छिट्टै नै नेपाली बजारमा सार्वजनिक भएको छ । अल-इन-वान स्मार्टफोनको ट्यागलाइन दिइएको यो फोन ‘वाई’ सिरिजको सबैभन्दा उत्कृष्ट फोन भएको कम्पनीको दाबी छ ।

कम्पनीले नयाँ पुस्ताको रुचि र आवश्यकतालाई मध्यनजर गरी यो फोनमा आधुनिक फिचर उपलब्ध गराएको बताएको छ । ट्रिपल रियर क्यामेरा र वाटर ड्रप डिस्पल नचसहित आउने फोन एन्ड्रोइडमा ११ मा आधारित फनटक ओएस ११.१ मा चल्दछ ।

यसमा ६० हर्ज रिफ्रेस रेट सहितकाे ६.५८ इन्च फुल एचडी प्लस डिस्प्ले, अक्टाकाेर मिडियाटेक हेलियाे जी८० चिपसेट, ६४ मेगापिक्सेल प्राइमेरी क्यामेरा, ८ जीबी र्‍याम, १२८ जीबी अनबोर्ड स्टोरेज, ३३ वाट फास्ट चार्जिङ सहित ५ हजार एमएएच ब्याट्री लगायतका मुख्य फिचर छन् । कम्पनीले याे फाेनमा थप ३ जीबी भर्चुअल र्‍याम थप्ने सुविधा दिएकाे छ ।

गत वर्ष भिभोले ‘भी २०’ सिरिजमा आई-अटो-फोकस प्रविधि प्रयोग गरेको थियो भने ‘भिभो वाई ५३एस’ पनि सामाजिक सञ्जालका फोटोका लागि उपयुक्त आई-अटो-फोकस का साथ आएकाे छ ।

आइ अटोफोकस प्रविधिसहित यसको सफ्टवेयर र हार्डवेयरको क्षमताले सफा र स्तरीय फोटो र भिडिओ तयार पार्ने कम्पनीले जनाएकाे छ । फेस डिटेक्सन अटोफोकस प्रविधिले सव्जेक्टमा निरन्तर फोकस गरी पोट्रेट र एक्सन सट लिने शक्ति राख्दछ ।

यसमा भएको सुपर नाइट सेल्फीले रातको समयमा पनि उच्चस्तरीय फोटो लिन सकिन्छ । साथै मधुरो प्रकाश भएको ठाँउमा औरा स्क्रिन लाइटको मद्दतले उज्यालो बढाउँदै लगेर आवश्यकता अनुसार प्रकाश सन्तुलनमा राखी फोटो लिन पनि सकिन्छ ।

वाई ५३एसमा इलेक्ट्रोनिक इमेज स्टाविलाइजेसनको प्रयोग गरि अल्ट्रा–स्टेवल भिडिओ फिचर समावेश गरिएको छ, जसले भिडिओ खिच्दा अल्ट्रा–स्टेवल आउटपुट प्रदान गर्दछ । यसको मल्टि स्टाइल पोट्रेट फिचरले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न सकिन्छ ।

स्ट्राटेजिक आर ३ क्यामेरा लेआउट सहितको वाई ५३एस स्लिक र फ्लाट फ्रेम डिजाइनमा तयार गरिएको छ र यो दुई कलरमा उपलब्ध छ । ३ डी वडी भएको वाई ५३एस सोफेष्टिकेटेड र टेक्स्चर्ड लुकमा उपलब्ध छ र यो डीप सी ब्ल्यु र फान्टाष्टिक रेन्बो कलरमा उपलब्ध छ ।

भिभोको वाई सिरिज ‘स्विफ्ट पर्फर्मेन्स’ का लागि प्रचलित छ । उत्कृष्ट ब्याट्री लाइफ र छिटो चार्जिङ सिस्टम साथै र्‍याम र स्टोरेज यसको बलियो पक्ष हो । जसका कारण धेरै प्रयोगकर्ताले वाई सिरिज रुचाएका छन् ।

युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको याे फाेनले रेड्मी नाेट १० प्राे म्याक्स र सामसङ ग्यालेक्सी एम५१ सँग तीव्र प्रतिस्पर्धा गर्ने विश्लेषण गरिएकाे छ । नेपाली बजारमा यसकाे मूल्य ३४ हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ।

भिभो वाई ५३एसको बजार शुभारम्भको अवसरमा आफ्नो धारण राख्दै नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले ग्राहकहरुको जीवनस्तरसँग सुहाउँदो, उच्चगुणस्तरको विश्वप्रसिद्ध उत्पादन बजारमा ल्याउन पाएकोमा गौरवको अनुभव भएकाे सुनाए ।

‘यसले आफ्नो गौरवशाली परम्परालाई निरन्तरता दिदै युवा पुस्ताको अभिरुचि अनुसार आई अटोफोकस र सुपर नाइट क्यामेरा वाई ५३एसमा समावेश गरेको छ । हाम्रो उद्देश्य आफ्ना ग्राहकहरुमा सामाजिक मनोरञ्जन र फोटोग्राफीको उत्कृष्ट अनुभव होस् भन्ने हो.’ उनले भने । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
११ सय मेगावाटभन्दा बढी विद्युत् आयातको तयारी
२०८३ असोज १३, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १३, मंगलबार
आज मंगलबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १३, मंगलबार
वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल
२०८३ असोज १३, मंगलबार
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
२०८३ असोज १३, मंगलबार
दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अस्ट्रेलियाविरुद्ध एक खेल अगावै सिरिज कब्जा
२०८३ असोज १३, मंगलबार
जापानमा जारी एसियाली खेलकुदमा १३ वर्षीया चिनियाँ पौडी खेलाडीको वर्चश्व
२०८३ असोज १३, मंगलबार