काठमाडौंः प्रसिद्ध गायक/सङ्गीतकार नरहरि प्रेमीको सङ्गीतमा रहेको वियोगान्त भावको गीत गुनासो को भिडिओ सार्वजनिक भएको छ l
लामो समय अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका गीतकार गोविन्द गिरी ‘प्रेरणा’ को शब्दरचना र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको यस गीतमा प्रसिद्ध भारतीय गायक कुमार सानुको स्वर रहेको छ l
भिडिओ सङ्गीतकार प्रेमीकै आधिकारिक युट्युब च्यानल Narahari Premee बाट बजारमा आएको हो ।
जीबी आग्रीको निर्देशन, डीबी रेउलेको सिनेम्याटोग्राफी र मिन रावलको सम्पादनमा निर्माण भएको यस भिडिओमा असद खान र वविता देवको अभिनय रहेको छ l
भिडिओमा अधुरो जीवन यात्रा र त्यो परिस्थितिबाट उत्पन्न पीडा देखाईएको छ भने मरेतुल्य जीवन भोगिरहेका नायकले आफ्नी पूर्व जीवन सङ्गिनीलाई सम्झिएर पश्चात्ताप गरेका छन् l
यो गीतको फिमेल भर्सन पनि रेकर्ड भईसकेको छ l जसमा दिपिका श्रेष्ठले स्वर दिएकी छिन । न्यूज अभियान
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया