असार २३, २०८२ सोमबार July 7, 2025

ऊर्जा बचत गर्ने कम्पनीलाई धमाधम अनुदान रकम बाँड्दै वाणिज्य बैंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा सञ्चालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीलाई अनुदान रकम प्रदान गरेको छ।

बैंकले नेपाल सालिमार सिमेन्ट प्रा।लि।लाई एक करोड रुपैयाँ, नेपाल डेरीलाई १८ लाख ५ सय ६८ रुपैयाँ, पन्चकन्या स्टिल प्रा।लि। लाई १३ लाख ९९ हजार, प्रिमियर वायर्स प्रा.लि.लाई ५ लाख ५० हजार ८ सय रुपैयाँ, बागमती आयल इन्डष्ट्रिजलाई एक लाख ६५ हजार ९ सय रुपैयाँ अनुदान रकम प्रदान गरेको हो।
उक्त कम्पनीहरुले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बिहीबार एक समारोहका बीच हस्तान्तरण गरिएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले उक्त कार्यक्रम कार्यान्वयनको लागि प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सीको रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ ।
यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइनेछ।

आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम रु। १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, केएफडब्लुका नेपाल प्रतिनीधि उर्जा विशेषज्ञ निरज सुवेदी, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, जिआइजि नेपालका प्राविधिक सल्लाहकार डा. नारायणप्रसाद चौलागाई, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक राजु लौडारी, अनुदान रकम प्राप्त गर्ने कम्पनीका प्रतिनीधिहरु लगायतको उपस्थिति थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार